Logo
८ बैशाख २०८१, शनिबार
(June 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार पछि हट्यो : ‘रवि लामिछानेविरुद्धको मुद्धा अब टु‌ंगिएको छ’

काठमाडौं : पत्रकार रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया थालेको सरकार पछि हटेको छ। नेपालमा अवैधरुपमा काम गरिरहेको दावीसहित उनिविरुद्ध कानुनी कारबाहीको तयारी भइरहँदा बिहीबार प्रेस काउन्सिल नेपालले उनले अमेरिकी राहदानी र नागरिकता त्याग सम्बन्धी प्रकृया चालिसकेकोको जानकारी प्राप्त भएको उल्लेख गर्दै लामिछानेले नेपालमै रही सञ्चार सम्बन्ध पेशा व्यवशायमा संलग्न हुने उनको रुचिको सम्मान गर्ने बताएको छ।

यसअघि उनले अमेरिकी नागरिकता र राहदानी हुँदाहुँदै विना अनुमती नेपालमा काम गरेको भन्दै कारबाहीको तयारी भइरहेको थियो। प्रेश काउन्सिल नेपालले गृह मन्त्रालयले लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्याग सम्बन्धी निवेदन दिएकोबारे आफूलाई जानकारी गराएकाले यो मुद्धा टु‌ंगिएको पनि स्पष्ट पारेको छ।

प्रकाशित मिति: Jun 21, 2018

प्रतिक्रिया दिनुहोस्