Logo
७ बैशाख २०८१, शुक्रबार
(June 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० वर्षपछि उत्कृष्ट सुरुवात गरेको क्रेएशिया आज अर्जेन्टिनाबिरुद्धको भिडन्तमा

विश्वकपमा २० वर्षपछि उत्कृष्ट सुरुवात गरेको क्रेएशिया आज अर्जेन्टिनाबिरुद्धको भिडन्तमा पक्कै पनि अर्जेन्टिनाभन्दा कम दबाबमा उत्रनेछ ।

संयोग नै मान्नुपर्छ, सन् १९९८ मा आफ्नो पहिलो विश्वकप यात्रा थालनी गर्दा क्रेएशियाले समूह चरणमा अर्जेन्टिनासँग नै प्रतिस्पर्धा गरेको थियो र उक्त खेलमा १–० ले पराजित भएको थियो । उक्त विश्वकपमा सेमिफाइनल पुगेर क्रेएशियाले तेस्रो स्थान हासिल गर्दा अर्जेन्टिनाको यात्रा अन्तिम–१६ मै टुंगिएको थियो । त्यसपछि मैत्रिपूर्ण खेलमा एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरे पनि विश्वकपमा यी दुई टोली भिडेका छैनन् ।

यसपटक विश्वकपमा अर्जेन्टिनालाई बलियो आँकिएको थियो भने क्रेएशियालाई कमजोर । तर, अर्जेन्टिनालाई पहिलो खेलमा आईसल्यान्डले एक–एक गोलको बराबरीमा रोकेको छ । यता, क्रेएशियाले आफ्नो पहिलो खेलमा नाइजेरियालाई २–० ले हराएको छ । त्यसैले स्पष्ट छ, अर्जेन्टिना जित चाहन्छ । क्रेएशियाका लागि बराबरी नतिजा पनि जित सरह नै हुनेछ ।

लियोनल मेस्सीलाई रोक्न क्रेएशियालाई सहज छैन । अर्जेन्टिनी प्रशिक्षक सम्पाओलीले टोलीमा धेरै परिवर्तन गर्दैछन् । रणनीतिक रुपमा र खेलाडीमा पनि । यसले क्रेएशियालाई थप गाह्रो पार्नेछ किनकी अर्जेन्टिनाको बेञ्चमा पनि उत्कृष्ट खेलाडीहरु छन् ।

एजेन्सी

 

प्रकाशित मिति: Jun 21, 2018

प्रतिक्रिया दिनुहोस्