Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्पेनले इरानलाई १-० ले हरायो : स्पेनको जितमा डियगो कोस्टाको गोल

काठमाडौं : विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्पेनले इरानलाई १-० ले हराएको छ । स्पेनको जितमा डियगो कोस्टाले ५४ औं मिनेटमा गोल गरे ।

त्यसको करिब १० मिनेटपछि इरानले स्पेनको पोष्टमा बल छिराए पनि त्यसले गोलको मान्यता पाएन । इरानका सेइद इजाटोलहीले हेडमार्फत बललाई जाली चुमाएका थिए । तर, रेफ्रीले त्यसलाई अफसाइड दिए ।

त्यसपछि कुनै पनि गोल हुनसकेन र स्पेनले १-० को नतिजा निकाल्दै महत्वपूर्ण तीन अंक थप्न सफल भयो । समूह ‘बी’ मा स्पेनको चार अंक भएको छ । यसअघि स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेलेर एक-एक अंक बाँडेका थिए ।

सोही समूहबाट मोरक्कोलाई हराएको इरानको तीन अंक छ । लगातार दुई खेल हारेको मोरक्को भने प्रतियोगिताबाट बाहिरिएको छ । अब समूह ‘बी’बाट स्पेन र मोरक्को तथा पोर्चुगल र इरान भिड्नेछन् । विजेता नकआउट चरणमा पुग्ने छ ।

समूह ‘ए’ बाट विश्वकप आयोजक रुस र उरुग्वे नकआउट चरणमा पुगिसकेका छन् ।

प्रकाशित मिति: Jun 21, 2018

प्रतिक्रिया दिनुहोस्