Logo
६ बैशाख २०८१, बिहीबार
(June 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उमेशलाई बचाउन जम्मा गरीएको ब्लडमनि दुतावासलाई हस्तान्तरण

काठमाण्डौँ : करिब १२ वर्ष अगाडि धनुषाको कमला नगरपालिकास्थित पर्सा निवासी उमेश यादब र पाकिस्तानी नागरिक मोहम्मद लतिफ वशीरबीच साउदीमा सामान्य विवाद भएको र झडपका क्रममा वशीरलाई चोट लागेर घटनास्थलमै मृत्यु भएको घटनाको आरोपमा उमेश यादबलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिई करिब दुई महिना अगाडि स्थानीय अदालतले घाँटी काटेर (मृत्युदण्ड) सजाय सुनाएको थियो ।

साउदीको कानुन अनुसार मृत्युदण्डको सजाय पाएका उमेशलाई एक महिनासम्म अदालतको फैसलाबारे पुनर्विचार गराउन सक्ने समय दिइएको थियो । सोही अवधीभित्र युवा अभियन्ता सरोज रायले पाकिस्तान पुगेर पीडित परिवारसँग उमेशलाई क्षमादान गर्न सकिने आशयको जवाफ नेपाली दूतावासमार्फत साउदी अदालतलाई बुझाए ।

उक्त पत्रको आधारमा सुरु भएको क्षमादान प्रक्रिया अन्तिम चरणमा पुगेको रायले बताएका छन् । अब भने ,पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदीस्थित जेलमा रहेका नेपाली नागरिक उमेश यादवलाई आममाफी गराउने प्रयासमा सफलता नजिक पुगेकोे छ । पीडित परिवारले क्षतिपुर्ति (ब्लडमनि) बुझ्ने प्रक्रियाको टुंगो लागेसँगै उमेशलाई सुरक्षित स्वदेश फिर्ताको बाटो खुलेको हो ।

ब्लडमनिकालागि नेपालमा जम्मा गरीएको ३० लाख रकम ७ जुनमा पाकिस्तान आउनु अगाडी ४ जुनको दिन नै परराष्ट्र मन्त्रालयमा बुझाइसकेको सरोज रायले बताए । उनले भने ‘यति ठुलो रकम सरकारलाई एकदमै तामझामको साथ हस्तान्त्ररण गर्न सकिन थियो तर कतै कुनै मिडीयावाजी गरिएन किनभने यो गम्भीर विषय थियो ।’

उनले भने ‘पाकिस्तानी परिवारलाई ब्लडमनि वापत तिस लाख दिने सहमति १० जुन सम्म मात्र थियो । यता, उमेश यादवलाई मृत्युदण्डबाट बचाउन गरिएको अपिलको कुनै फैसला आएको छैन । रमजान र ईदको विदाको कारण सउदीको अपिल कोर्टमा कागजातहरूमा पुग्न सकेको छैन। उनले भने ‘धेरैको गुनासो थियो कि यता पाकिस्तानी परिवारलाई तिस लाख बुझाए पश्चात पनि अपिल कोर्टले उमेश यादवको हकमा फैसला सुनाएन भन्ने चन्दा संकलनबाट उठेको यति ठुलो रकम पनि त्यतिकै जाने भयो ।’

उनका अनुसार प्रायजसो सबै हत्याको घटनामा अदालतले मृतक परिवारलाई आफ्नो अधिकार प्रयोग गर्ने मौका दिन्छ अनि मात्र ब्लडमनि दिने गरिन्छ । उमेशको मुद्धामा पनि अदालतले पाकिस्तानी परिवारलाई आफ्नो अधिकार प्रयोग गर्ने मौका धेरै पहिला नै दिएको थियो जुन अदालतले विगतमा गरेको फैसलाबाट प्रष्ट हुन्छ तर १२ वर्षमा न पाकिस्तान सरकार र न नेपाल सरकारबाट नै कुनै पहल भएको थियो जसकारण आएर अदालत पब्लिक राइट प्रयोग गरेर १५ अप्रिलमा उमेशलाई घांटी काटेर १० घण्टासम्म झुण्डाउने फैसला सुनाएको थियो ।

उनले भने ‘८ अप्रिल भन्दा पहिला देखी नै म पटक पटक परराष्ट्र मन्त्रालय पुगेर पाकिस्तान जाने अनुमति मांगेको थिए तर मन्त्रालयले १५ अप्रिलमा मृत्युदण्ड सुनाई सके पश्चात मात्र मलाई पाकिस्तान जानलाई चाहिने पत्र दियो । पछिलो फैसलामा ‘हराबा’ तहत मृत्युदण्ड सुनाइएको छ जसमा प्राइवेट राइट प्रयोग हुंदैन तर पनि धेरै जसो यस्तो धटना पनि छ जहाँ घाँठी काट्ने बेलामा पिडीत परिवारको माफीनामा पुगे पछि अभियुक्तलाई माफ गरिएको छ । अहिले पनि म विश्वस्त छु कि अदालतले मुद्धालाई ‘हराबा’ बाट ‘किसास’ मा झारी मृतक परिवारलाई आफ्नो अधिकार प्रयोग गर्ने मौका दिन्छ , तरपनि अन्तिम फैसला गर्ने आखिर उही अदालत हो ।’

यसै कारण अदालतको फैसला नआए सम्म तिस लाखलाई सुरक्षित पार्न समाजिक जनदबाव पछि परराष्ट्रलाई बुझाएको रकम वारे गोप्य राखे । पहिला पनि पाकिस्तानमा यस्तै एउटा अर्को घट्ना भई सकेको छ, मिडीयाका कारण दिया रकम बढेर करोड़ोमा पुगेको थियो । त्यसैले पनि मैले रकम संकलन वारे मिडीयावाजी बाट टाढै रहेको उनले बताए । अहिले उमेश यादबको लागि चाहिने ब्लडमनि नेपालबाट पठाइए सकिएको छ र नेरू तिस लाख पाकिस्तानमा रहेको नेपाल दुतावासको खातामा सुरक्षित रहेको रायले जानकारी दिए ।

जसबाट पाकिस्तानी रूपैया तिस लाख उमेश रिहा भए पछि पिडीत परिवार जिम्मा लगाइने छ र बढी रहेको पारू दुई लाख वकिल खर्च लगायत अन्य खर्चमा प्रयोग गरिनेछ । यसैबीच, उमेशलाई सजायमुक्त गराउन ब्लडमनिवापत ७० लाख रुपैयाँ माग भएको भन्ने निराधार समाचार र चन्दावापत संकलित रकमको दुरुपयोग सम्बन्धी आरोपलाई पाकिस्तानस्थित नेपाली दूतावासले खण्डन गरेको छ।

दूतावासले विज्ञप्ती जारी गर्दै समाजिक अभियन्ता सरोज राय मार्फत आएको ३० लाख रुपैयाँ दूतावासको खातामा रहेको र उपयुक्त समयमा पीडित परिवारलाई जिम्मा लगाइने जनाएको छ। ‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पीडित पाकिस्तानी परिवारले ब्लडमनिवापत ७० लाख रुपैयाँ मागेको भन्ने भ्रामक सामाचारले पीडित परिवारलाई चोट पुयाएको र उमेशको रिहाइकालागि देखाइएको मानवीयताका सम्बन्धमा प्रश्न उठाइएको भनि पीडित परिवारका सदस्य नुर नवीले दूतावासमा पेश गरेको गुनासोलाई सम्बोधन गर्न यो विज्ञप्ती जारी गरिएको छ’, इस्लामावादस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। त्यस्तै, ब्लडमनिवापतको रकम दूतावासको खातामा सुरक्षित रहेको पनि जनाइएको छ।

प्रकाशित मिति: Jun 20, 2018

प्रतिक्रिया दिनुहोस्