Logo
१२ बैशाख २०८१, बुधबार
(June 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाजरकोटमा म्याद गुर्जेका बस्तुको विगविगी , गुनासो बढेपछि जिल्ला प्रशासनले गरे अनुगमन

जाजरकोट : जाजरकोटका बजारमा म्याद गुर्जेका खाद्य बस्तुको विग्विगी पाइएको छ । औषधी, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरलवाटर, विस्कुट लगाएत खाद्य बस्तु म्याद गुर्जेको अवस्थामा फेला पर्ने गरेका हुन् । स्थानीय उपभोक्तालाई झुक्याएर उक्त खाद्य बस्तुको विक्री वितरण हुने गरेको हो ।

म्याद गुर्जेका खाद्य बस्तुको विक्री वितरण भैरहेको भन्ने जनगुनासो बढेपछि जिल्ला प्रशासनले बजार अनुगमनलाई तीब्रता देखाएको छ । खलंगा, छेडा, थलह, कालीमाटी, रिम्ना लगाएत बजारमा अनुगमन गरेर म्यामद गुर्जेका खाद्य बस्तु बरामद समेत गरेको छ ।  जिल्ला प्रशासन नेतृत्वको अनुगमन टोलीले कोका कोला १२ वोत्तल, फ्यान्टा २८ वोत्तल, स्प्राइट १५ वोत्तल, फ्रुटी १ दर्जन, भुजा ७ पाकेट, ५३ पिकेट भुजा, मसला ४९ पाकेट, सेन्चुरी पोट्याटो २० पाकेट, हरियो मटर ३४ पाकेट, स्नेहा रातो ३ प्याकेट, निम्बु चटपटे ४ प्याकेट, कुरकुरे १४ प्याकेट लगाएत म्याद गुर्जेको खाद्य बस्तु बरामद गरेको छ ।

अनुगमन टोलीबाट बरामद भएका खाद्यबस्तु मंगलवार विभिन्न कार्यालयका कार्यालय प्रमुख र पत्रकारहरुको रोहवरमा नष्ट गरेको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनु भयो । पहिलो दिनको अनुगमनबाट १ लाख बराबरको म्याद गुर्जेको बस्तु बरामत भएको प्रजिअ बस्नेतले बताउनु भयो ।

बजारमा म्याद सकिएका अखाद्य बस्तुको विक्री वितरण हुने गरेको सुचनाका आधारमा बजार अनुगमनलाई तिव्रता दिएको छ । मदिरा, सुर्तीजन्य बस्तु, खाद्य तथा दैनिक उपभोग्य बस्तु, औषधी, निर्माण समाग्री लगाएतको नियमित अनुगमन गरीने प्रजिअ बस्नेतको भनाइ छ । अनुगमनका क्रममा गैरीखाली, शान्तिचौतारा, ठाटी, तल्लो थाप्ले लगाएतका ठाउका व्यापारीहरुले म्याद सकिएको खाद्य बस्तु विक्री वितरण गरेको प्रशासनले जनाएको छ ।

पहिलो पटक व्यापारीलाई मौखिक सचेत गरेको र दोस्रो पटक यही अवस्था दोहोरीए उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारवाही गर्ने प्रजिअ बस्नेतको भनाइ छ । जाजरकोटको स्थानीय बजारमा सवैभन्दा बढी म्याद गुर्जेको पेय पदार्थ फेला परेको छ । बजारमा मुल्य सुची नराख्ने, इजाजत विना मदिरा विक्री वितरण गर्ने, एउटै पसलमा मदिरा तथा खाद्य बस्तु विक्री वितरण गर्ने, मुल्य एक रुपता नहुन्, मनोमानी मुल्य हुनु, तोकेका तौल नहुने अनुगमनबाट फेला परेको छ ।

प्रकाशित मिति: Jun 20, 2018

प्रतिक्रिया दिनुहोस्