Logo
७ चैत्र २०८१, शुक्रबार
(June 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक दुर्घटनामा परी एक पैदलयात्रीको मृत्यु

काठमाडौँ : गएराति सिनामंगलमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दोलखा स्थायी घर भई हाल सिनामंगल बस्दै आएकी ४७ वर्षीया गोमा भुजेलको पैदलयात्राका क्रममा सिनामंगलस्थित प्रहरी चौकी नजिकै ना १ ज ४२५० नं को टाटा सुमोले राति करीब १० बज्ये ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भुजेललाई उपचारका लागि स्थानीय काठमाडौँ मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा राति १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारीसाधन र चालक सानेपा चौकीस्थित प्रहरीको नियन्त्रणमा रहेको बताएको छ ।

प्रकाशित मिति: Jun 20, 2018

प्रतिक्रिया दिनुहोस्