Logo
८ बैशाख २०८१, शनिबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको इटहरीमा सडक नजिक एक व्यक्तिको शव फेला

सुनसरी : सुनसरीको इटहरीमा एक व्यक्तिको शव फेला परेको छ । इटहरी ९ स्थित दिपेन्द्र चौकमा सडक नजिक रामधुनि नगरपालिकाका अन्दाजी ५१ बर्षिय राम भट्टराईको शव फेला परेको हो ।

शव नजिक एक बोरामा जिउदो सर्प समेत भेटिएको छ । उनको मृत्यु के कारणले भयो भन्ने बिषयमा अनुसन्धान भइरहेको इटहरीका प्रहरी निरीक्षक खगेन्द्रहाङ खजुमले जानकारी दिए । शवको पोष्टमार्टमको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । भट्टराईको मृत्यु सर्पको डसाईले हुन सक्ने प्रहरीले अनुमान गरेका छ ।

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्