Logo
१५ चैत्र २०८०, बिहीबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता दयाहाङ्ग राई स्टारर फिल्म ‘भैरे’ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं : अभिनेता दयाहाङ्ग राई स्टारर फिल्म ‘भैरे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरभित्र प्रेम, रोमान्स, कमेडी र एक्सनका झलक समेटिएका छन् ।

यसमा दया ‘भैरे’ को भूमिकामा छन् । साउन ४ गतेलाई प्रदर्शन मिति तय गरिएको यो फिल्मका निर्देशक एभरेष्ट सुर्य बोहरा हुन् । यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्