Logo
१३ बैशाख २०८१, बिहीबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढीमाई नगरपालिकाको जयपुरबाट भरुवा बन्दुकसहित एक पक्राउ

लहान : हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् । सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरस्थित आँपको बगैँचाबाट उनलाई भरुवा बन्दुक, बारुद, छर्रा र दुई थान भालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्