Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ङ्गल्याण्डले ट्युनिसियालाई २-१ ले हरायो

काठमाडौं : विश्वकप फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा इङ्गल्याण्ड विजयी भएको छ । इङ्गल्याण्डले ट्युनिसियालाई २-१ ले हराएको हो ।

इङ्गल्याण्डको यो जित १२ वर्षपछिको हो । यसअघि सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इङ्गल्याण्डले पाराग्वेलाई हराएको थियो ।

इङ्गल्याण्डको जितमा दुवै गोल कप्तान ह्यारी केनले गरे । खेलको ११ औं मिनेटमा हृयारीले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा पेनाल्टीमार्फत् ट्युनिसियाले बराबरी गोल फर्कायो । पेनाल्टीलाई फेरजानीले गोलमा परिणत गरेका थिए ।

तर दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा इङ्गल्याण्डले जितको लागि निर्णायक गोल गर्न सफल भयो । कियरनले प्रहार गरेको कर्नर किकलाई कप्तान हृयारी केनले नै हेडमार्फत गोल गरे ।

विश्वकपमा अफ्रिकी देशसँग अपराजित यात्रालाई पनि इङ्गल्याण्डले कायमै राख्न सफल भयो । विश्वकपमा अफ्रिकी देशसँग भएका ७ खेलमध्ये इङ्गल्याण्डले चारमा जित र तीनमा बराबरी गरेको छ ।

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्