Logo
१५ चैत्र २०८०, बिहीबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो लक्षण देखिए बच्चामा हुनसक्छ ब्लड क्यान्सर : थाहा पाउने तरिका के-के छ ?

एजेन्सी : क्यान्सर यस्तो भयावह रोग हो, जो अत्यान्तै पीडादायी मात्र हुँदैन, कतिपय अवस्थामा उपचार नुहन समेत सक्छ । क्यान्सर लागेपछि त्यसको उपचार महंगो छ । अर्को कुरा, क्यान्सर लागेको मानिसहरुले त्यसबेला मात्र भेउ पाउँछन्, जतिबेला उपचार ढिला भइसकेको हुन्छ ।

क्यान्सर वंशानुगत रुपमा पुस्ताहरुमा सर्दै आउँछ । यद्यपी अनियमित रहनसहन, गलत खानपानले पनि यो रोगलाई निम्त्याउँछ । अहिले साना बालबालिकामा समेत क्यान्सर देखिन थालेको छ ।

बच्चाहरुलाई हुने क्यान्सरमा धेरैजसो ब्लड क्यान्सर देखिएको छ । अप्ठ्यारो चाहि के छ भने, बच्चालाई यो रोग लागेको सहजै थाहा हुँदैन । सामान्यत क्यान्सर जब कुनै अंगमा फैलिन्छ, तब मात्र त्यसबारे थाहा पाउन सकिन्छ । बच्चामा हुने ब्लड क्यान्सर वा ल्यूकीमिया तिब्र रुपमा बढिरहेको छ ।

कसरी थाहा पाउने :

बच्चामा ल्यूकीमिया अर्थात ब्लड क्यान्सर लाग्ने संभावना छ भनेर कसरी थाहा पाउने त रु किनभने यसको लक्षण सामान्य हुनेगर्छ, जसलाई हामी गंभिरतापूर्वक लिदैनौ । यद्यपी निम्न कुराहरुबाट बच्चामा यो रोगको भय छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

  1. पटक-पटक एकै किसिमको संक्रमण हुनु
  2. धेरै तिब्र ज्वरो आउनु
  3. बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु
  4. हरेक समय थकान र कमजोरी महसुष गर्नु
  5. एनीमिया हुनु
  6. नाख-गिजा आदिबाट रगत बग्ने समस्या हुनु
  7. जोर्नीमा दुखाई अनुभव हुनु
  8. शरीरको विभिन्न भाग सुन्निनु
  9. शरीरमा ठाउँ ठाउँमा गाँठो हुनु
  10. कलेजोसम्बन्धि समस्या हुनु
  11. अक्सर टाउको दुख्नु । वा माइग्रेनको शिकार हुनु
  12. पक्षघात अर्थात स्ट्रोक हुनु

 

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्