Logo
८ बैशाख २०८१, शनिबार
(June 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो

काठमाडौं : नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा क्रोएशियालाई आत्मघाती गोल उपहार दिएका थिए । त्यसपछि ७१ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमार्फत गोल गरे । कालिनिग्राद स्टेडियममा भएको यो खेलमा विलियम इकोकले ७१ औं मिनेटमा मोजुकिचलाई डिबक्सभित्र लडाएका थिए । त्यसपछि रेफ्रिले क्रोएशियालाई पेनाल्टी दिए ।

यसअघि नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा आफ्नै पोष्टमा गोल हाने । क्रोएशियाको मोजुकिचले गरेको हेडिङलाई बचाउन खोज्दा एटेबोले बललाई आफ्नै गोलपोष्टमा छिराएका थिए ।

विश्वकपमा नाइजेरिया र क्रोएशिया पहिलोपटक आमनेसामने भएका थिए । तर, नाइजेरियाले १४ पटकसम्म गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । ४७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको नाइजेरियाले ५ कर्नर प्रहारको अवसर पाएको थियो ।

क्रोएशियाले हालसम्म चार पटक विश्वकपमा भाग लिएको छ । यसक्रममा १७ खेल खेलेको उसले ८ मा जित र ७ मा हार व्यहोरेको छ । दुई खेल ड्र भएको छ ।

यसैगरी नाइजेरियाले विश्वकपमा ६ पटकसम्म भाग लिएको छ । उसले १९ म्याच खेल्दा केबल ५ मा जित निकालेको छ । ११ खेल हार्दा ३ खेल बराबरी भएका छन् ।

विश्वकप २०१८ मा आज तीन खेल हुँदैछन् । नेपाली समयअनुसार पहिलो खेल कोस्टारिका र सर्वियाबीच पौने ६ बजे, दोस्रो खेल जर्मनी र मेक्सिकोबीच बेलुका पौने ९ बजे तथा तेस्रो खेल ब्राजिल र स्वीटजरल्याण्डबीच राति पौने १२ बजे हुने छ ।

प्रकाशित मिति: Jun 17, 2018

प्रतिक्रिया दिनुहोस्