Logo
११ माघ २०८१, शुक्रबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर महानगरपालिकाको थकालीचोकमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

रत्ननगर : पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका–२१, थकालीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गएराति करीब १०ः३० बजेको समयमा ना २० प १२७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा स्थानीय ४५÷५० वर्षीय अर्जुन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, भरतपुर ल्याइएको थियो । उनको राति करीब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्