Logo
७ बैशाख २०८१, शुक्रबार
(June 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँड्ने दुई जना पक्राउ

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले ठमेल, ज्याठा लगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुसँग एक थान रिभल्वर र एक थान खुकुरी बरामद गरेको छ । पक्राउ उनीहरुलाई परिसरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 14, 2018

प्रतिक्रिया दिनुहोस्