Logo
१२ बैशाख २०८१, बुधबार
(June 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारको बजेट भोली आउँदै

हेटौँडा : आगामी आर्थिक वर्ष २०७५\०७६ को लागि प्रदेश सरकारले असार १ गते शुक्रवार बजेट प्रस्तुत गर्दै छन् । संवैधानिक ब्यबस्था बमोजिम जेठ १५ मा केन्द्र, असार १ मा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । यसका लागि सबै प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

प्रदेश ३ को प्रदेशसभा बैठकमा शुक्रवार आर्थिक वर्ष २०७५/०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले शुक्रवार प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडाले बताएको छ ।

सरकारले प्रस्तुत गर्न लागेको आगामी आव २०७५/०७६ को बजेटले ३ नं प्रदेशअन्तर्गत १३ जिल्लाका लागि माग गरेबमोजिम राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने लक्षित कार्यक्रम, ऊर्जा शक्तिको उत्पादन गर्ने, कृषि उत्पादनलाई प्रोत्साहन गर्ने र सामान्य नागरिकको जीवनस्तरमा आर्थिक सुधार ल्याउने कार्यक्रमलगायत बजारभाउ नियन्त्रण गर्ने खालको कार्यक्रम समेट्ने आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले बताएका छन् । रासस

प्रकाशित मिति: Jun 14, 2018

प्रतिक्रिया दिनुहोस्