Logo
६ बैशाख २०८१, बिहीबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् । जिल्लाका स्वास्थ्यकर्मीहरुले बुधबार आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकास सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताएका छन् ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत भएका दाहालले यहाँको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र दुई दर्जन निजी अस्पतालले पु¥याएको सेवाको चर्चा गर्दै स्वास्थ्य सेवाको स्तरवृद्धि गरी मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताए । भरतपुर महानगरको नेतृत्वमा समिति निर्माण गरी जिल्लाको स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने भन्दै उनले त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताए । भरतपुर महानगरपालिकाको गुरुयोजना देशकै नमूना गुरुयोजना बनाएर राष्ट्रलाई दिशानिर्देश गर्नुपर्ने उनले बताएका छन् ।

कार्यक्रममा स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्यमा पनि समृद्ध चितवन बनाउनुपर्ने बताए । समग्र चितवनको स्वास्थ्य क्षेत्रको विकासका लागि बोर्ड गठन गरी एकद्वार प्रणालीबाट काम गर्नुपर्ने उनले बताए । रोगको अनुसन्धानका लागि उच्चस्तरको प्रयोगशाला जिल्लामा स्थापना गर्नुपर्ने पनि उनले बताएका छन् । जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख विजयकुमार झाले चितवन मेडिकल हवसँगै रोगको पनि हव बन्दै गएको भन्दै समयमै सतर्कता अपनाउनुपर्ने बताए । उनले यस्तो जिल्लामा पनि चेपाङ समुदायमा बच्चाले नै बच्चा पाएको भन्दै त्यसतर्फ राज्यको ध्यान जानुपर्ने बताएका छन् ।

कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रबिन खड्काले भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले क्यान्सर अस्पतालका समस्या, चुनौती र भावी कार्यक्रमका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्