Logo
१३ बैशाख २०८१, बिहीबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय समाचार समितिका पत्रकार अर्यालको ६३ वर्षको उमेरमा निधन

चितवन : राष्ट्रिय समाचार समितिका पूर्वकर्मचारी धर्मराज अर्यालको आज यहाँ ६३ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वास समस्याबाट ग्रस्त उहाँ दुई दिनअघि चितवन मेडिकल कलेजमा उपचारपछि घरफर्किनु भएको थियो । भरतपुर महानगरपालिका–१० स्थित आफ्नै निवासमा बिहान ११ः३० बजे उहाँको निधन भएको हो ।

विसं २०१२ मंसिर २७ गते चितवन, कोराकमा जन्मनुभएका अर्या पत्रकारिता विषयमा स्नातक हुनुहुन्थ्यो । उहाँले १५ वर्षसम्म राष्ट्रिय समाचार समितिमा पत्रकारका रुपमा रहेर काम गर्नुभएको थियो । क्षेत्रीय कार्यालय पोखरा, बुटवल लगायत क्षेत्रमा रहेर उहाँले राससमा सेवा गर्नुभएको थियो ।

उहाँले राससमा रहँदा फ्रान्सस्थित एएफपीमा दुईमहिने तालीमसमेत लिनुभएको थियो । यसका अतिरिक्त पत्रकारितासम्बन्धी विभिन्न तालीममा सहभागी हुनुभएको थियो । उहाँले चितवन जिल्लामा २०५४ साल पुस ९ गतेदेखि ‘चितवन पोष्ट’ साप्ताहिक चलाई २०५६ साल साउन १ गतेदेखि दैनिकको सम्पादक प्रकाशक रहनुभएका अर्याल निरन्तर पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो ।

उहाँ साहित्यिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्थ्यो । उहाँका चार कविता संग्रह प्रकाशित छन् । उहाँका कान्छा छोरा भाष्करका अनुसार उहाँले निरन्तर ४० वर्ष पत्रकारिता गर्नुभएको छ । अर्यालका दुई छोरा र श्रीमती हुनुहुन्छ । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिँदैछ । (रासस)

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्