Logo
४ बैशाख २०८१, मंगलबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाइड्रोपावर परियोजना सञ्चालनमा आएपछि सोलुखुम्बु र रामेछापका जनताले सुविधा पाउनुपर्ने भन्दै २० बुँदे माग

काठमाण्डौँ : सोलुखुम्बु र रामेछापका स्थानीय बासिन्दाले यहाँ निर्माणाधीन हाइड्रोपावर परियोजना सञ्चालनमा आएपछि स्थानीय जनताले सुविधा पाउनुपर्ने भन्दै २० बुँदे माग अघि सारेका छन् । व्यापारी मोती दुगडको नेतृत्व रहेको एमभी दुगड ग्रुपले निर्माण गर्न थालेको हाइड्रोपावर सञ्चालन गर्न स्थानीय जनताको स्वीकृति लिनुपर्ने र जग्गाको मुआब्जा दिनुपर्ने लगायतका माग राखेका छन् ।

मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा त्यहाँका स्थानीय बासिन्दाले विद्युत्गृहको निर्माणबाट प्रभावित बासिन्दालाई रोजगारी, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारसहितको ५० श्ययाको अस्पताल निर्माण गर्नुपर्ने माग गरिएको छ ।

नेपाली काँग्रेस सोलुखुम्बुका पूर्वसभापति आङकाजी शेर्पाले नेपाली काँग्रेसले स्थानीय जनताको मागको पूर्ण समर्थन गर्दै स्थानीय पीडितको माग पूरा गरेर तथा जग्गाको मुआब्जा दिएर मात्र विद्युत्गृह सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।  स्थानीय बासिन्दा विनोद कार्कीले विद्युत्गृह निर्माण गर्नुअघि वातावरण मूल्याँकन गर्नुपर्ने तथा जग्गा अधिग्रहण सरकारी नियमको परिधिमा गर्नुपर्ने बताउनुभएको थियो ।

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्