Logo
१३ बैशाख २०८१, बिहीबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तितो सत्यका चर्चित कलाकार भिमबहादुर थापाको निधन

काठमाडौँ : चर्चित तथा पाका कलाकार भिमबहादुर थापाको निधन भएको छ । ९२ बर्षको उमेरमा थापाको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो ।

लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापा उपचार गराउँदै फर्किदै गरेका थिए । अस्पतालमा उपचार गराइरहेका बेला उनले घरमा नै जाने इच्छा देखाएपछि उनलाई घरमा नै लगीएको थियो । निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत रहेका थापा हाँस्य सिरियल ‘तितो सत्यमा काम गरेपछि थप चर्चामा आएका हुन् ।

मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थापाको बुधबार नै पशुपति आर्यघाटमा दाहासंकार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्