Logo
६ बैशाख २०८१, बिहीबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्छ : डा कोइराला

विराटनगर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताएका छन् । कोइराला निवासमा बुधबार पत्रकारसँगको भेटघाटमा उनले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याए । उनले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एक ढिक्का हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

उनले सरकारविरुद्ध आन्दोलन गर्ने बेला नआएको स्पष्ट पार्दै तर मुलुकमा दण्डहीनता बढेको आरोप लगाए । प्रादेशिक संरचना भएका मुलुकका प्रधानमन्त्रीले कहीँ पनि प्रदेशको संसद्लाई सम्बोधन नगर्ने गरिएको बताउँदै नेता डा कोइरालाले प्रधानमन्त्रीले प्रदेशको संसद्लाई सम्बोधन गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।

उनले सातै प्रदेशका लागि संघीय सरकारले कूल बजेटको नौ प्रतिशत मात्र छुट्याएकाले प्रदेशको विकास निर्माण प्रभावित हुने धारणा प्रकट गरेका छन् । पत्रकारको जिज्ञासामा उनले कार्यकारी राष्ट्रपति राखेमा मुलुक अधिनायकवाद तथा निरंकुशता सर्वसतावादतर्फ अग्रसर हुने सम्भावना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्