Logo
१२ बैशाख २०८१, बुधबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय समिति गठनका लागि गृहकार्य सुरु, पाँच दिनभित्र नाम बुझाउन निर्देशन

काठमाडौँ : संघीय संसदमा संसदीय समिति गठनको गृहकार्य सुरु भएको छ । संसदका दुवै सदनले नियमावली पारित गरेपछि सदस्यहरुलाई आफू बस्न चाहेको समितिको नाम सिफारिस गर्न निर्देशन दिएका हन् ।

प्रतिनिधिसभाले असार १ र राष्ट्रियसभाले ३ गतेभित्र सदस्यहरुलाई नाम बुझाउन सूचना जारी गरेका छन् । राष्ट्रियसभाले आइतबार र प्रतिनिधिसभाले सोमबार सूचना निकालेका हुन् ।संसदको सबै भन्दा ठूलो दल नेकपाले बुधबारभित्रै संसदीय दलमा नाम दिन भनेको छ । आफूहरुले संसदीय दलमार्फत नै समितिमा रहने सदस्यहरुको नाम बुझाउने तयारी गरेको नेकपाका सांसद रामवीर मानन्धरले जानकारी दिए ।

प्रतिनिधिसभामा १० राष्ट्रियसभामा चार र संयुक्त तीनवटा समिति रहने गरी नियमावली पारित भइसकेको छ । दलको उपस्थितिअनुसार प्रतिशतका आधारमा समितिमा सदस्य संख्या तोकिने संसद सचिवालयले जनाएको छ । एकजना मात्र सांसद भएका दलले भने इच्छाएको कुनै एक समितिमा मात्र बस्न पाउनेछन् । समिति गठनकको गृहकार्यसँगै समिति बन्न सांसदहरुले लविङ सुरु गरेका छन् ।

प्रतिनिधिसभामा अर्थ, अन्तराष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानुन, न्याय तथा मानवधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति रहनेछन् । राष्ट्रियसभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वयन समिति रहनेछन् ।

संयुक्त समितिमा संसदीय सुनुवाइ, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन र अरु दुईवटा समिति रहनेछन् ।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्