Logo
११ बैशाख २०८१, मंगलबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा साँझ पाँच बजे संवैधानिक परिषदको वैठक बस्दै छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश र संवैधानिक निकायका आयुक्तको सिफारिस संवैधानिक परिषद्ले गर्ने व्यवस्था रहेको छ।

न्याय परिषद्ले प्रधानन्यायाधीश बन्न सक्ने तीन जनाको नाम संवैधानिक परिषदमा सिफारिस गरिसकेको छ। प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सञ्चालन नियमावली नबन्दा संसदीय सुनुवाई कारण प्रधान्यायाधीशको सिफारिस हुन सकेको थिएन। नियमावली बनेसँगै संसदीय सुनुवाईको बाटो खुलेको छ।

न्याय परिषदले दीपकराज जोशी, चोलेन्द्र शमशेर जवरा र ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ। संवैधानिक परिषदले सिफारिस गरेपछि प्रधानन्यायाधीशको संसदीय सनुवाई हुनेछ। संसदीय सनुवाई पछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्