Logo
३१ असार २०८१, आईतबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्यधिक गर्मीकाकारण बेहोस भई एकको मृत्यु

महोत्तरी : महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको छ ।

आईतबार बिहान धान रोप्ने क्रममा बेहोस भएकी सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्