Logo
३१ असार २०८१, आईतबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोप्य सूचनाका आधारमा लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले लागु औषधसहित चारजनालाई पक्राउ गरेको छ ।

परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले लागुऔषध कारोबार भएको गोप्य सूचनाका आधारमा काठमाडौँका सुनिल श्रेष्ठ, रविन्सन महर्जन, रवीन शाही र काभ्रेपलाञ्चोकका राजकुमार तामाङलाई शनिबार साँझ पक्राउ गरी आईतबार सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुसँग डाइजेल्याब १२७ थान, नुर्फिन १०२ थान, फेनार्गन २९८ थान, डेल कम्पनीको ल्यापटप एक थान, लागु औषध खरिद बिक्रिमा प्रयोग हुने मोबाइल १६ थान र नगद रु सात हजार ५०५ बरामद गरेको छ ।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्