Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवले राज्यमन्त्री अर्याललाई हट्नुुहोस् भनेपछि स्वास्थ्य मन्त्रालयमा बिवाद

काठमाडौं, २३ जेठ : उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त मन्त्रालयमा पहिलादेखि नै रहेका राज्यमन्त्रीलाई ब्यवस्थापन गर्न प्रधानमन्त्रीलाई भनेपछि बिवाद उत्पन्न भएको छ ।

यादवले आफूलाई काम गर्न डिस्टर्ब हुने गरेको भन्दै राज्यमन्त्रीलाई अन्य कुनै मन्त्रालयमा ब्यवस्थापन गरिदिन हुन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

स्रोतका अनुसार यसअघि पनि मन्त्री यादवले स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेसँगै राज्यमन्त्री पद्यमा अर्याललाई आफ्नो जिम्मेवारीबाट हदिदिन आग्रह गरेका थिए ।

तर, राज्यमन्त्री अर्यालले भने आफूलाई यसको लागि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने अडान लिँदै नहट्ने अडान लिएकी थिईन् ।

यादवले स्वास्थ्य मन्त्रालय नै आफ्नो पार्टीको कोटामा परेकोले राज्यमन्त्रीमा बसिरहन नपर्ने भन्दै मन्त्री अर्याललाई जतिसक्दो चाँडो नै जिम्मेवारीबाट विदा हुन आग्रह गरेका थिए ।

यादवले उता मन्त्री क्वार्टरसमेत खाली गर्न समेत अर्याललाई निर्देशन दिएको स्रोतको दाबी छ । प्रधानमन्त्रीले भने यसबारे कुनै प्रतिकृया जनाएको छैन ।

प्रकाशित मिति: Jun 6, 2018

प्रतिक्रिया दिनुहोस्