Logo
१ श्रावण २०८१, मंगलबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० अर्ब ठगी गरेका कसुरमा जेलमा रहेका सुधिर बस्नेत जरिवाना तिरेर भए रिहा

काठमाडौं, २२ जेठ : १० अर्ब ठगीको आरोपमा जेल परेका सुधिर बस्नेत छुटेका छन् । ओरेन्टल सहकारी, कोहिनूर हिल (हाउजिङ) आयुसा बिल्डर्सलगायत आठ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत १३ पुस २०७३ मा पक्राउ परेका थिए ।

उनी सोमबार नै छुटेका हुन् । डिल्लीबजार सदरखोरले बस्नेत छुटेको पुष्टि मंगलबार गरेको छ । सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई जेल सजाय सुनाएको थिए ।

ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो ।

भक्तपुर अदालतले पनि २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना असुल हुने फैसला सुनाएको थियो । जेल सजाय काटेपछि बस्नेत जरिवाना तिरेर छुटेका हुन् ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्