Logo
६ श्रावण २०८१, आईतबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको जीवनमा आधरित बायोपिक फिल्ममा परेश रावलले अभिनय गर्ने

काठमाडौँ, २२ जेठ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधरित बन्न लागेको बायोपिक फिल्ममा परेश रावलले अभिनय गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अभिनेता रावलले मोदीको भूमिका निर्वाह गर्न लागेका हुन् ।

रावालले यसअघि सन् १९९४ मा सरदारको बायोपिक चलचित्रमा अभिनय गरेका थिए। भारतीय जनताका पार्टीका नेता तथा सांसद समेत रहेको रावलले नरेन्द्र मोदीको ‘क्यारेक्टर’ गर्न त्यति सजिलो नभएको बताए। मोदीको भूमिका निर्वाह गर्न धेरै चुनौती रहेको उनले बताएका छन्।

त्यस्तै सञ्जय दत्तको बायोपिकमा आधरित फिल्म सन्जुमा रावालले सुनिल दत्तको अभिनय गरेका छन्। बन्न लागेको चलचित्रको कथावस्तु र स्क्रिप्टलाई अन्तिम रुपमा दिने तयारी भइरहेको उनले भारतीय सञ्चारमाध्यमहरुलाई जानकारी दिए।

उक्त बायोपिक चलचित्रको छायांकन यो वर्षको सेप्टेम्बर र अक्टोबरमा हुने रावालको भनाइलाई उधृत गर्दै भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ।

बलिउडका थुप्रै ब्लकबस्टर चलचित्रहरुमा अभिनय गरेका रावलले यसअघि ‘ओ माइ गड’ फिल्म निर्माण गरेका थिए। फिल्ममा उनले नास्तिक काञ्जिभाईको अभिनय गरेका थिए।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्