Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा र फोरम सत्ता कब्जामा लागेको प्रयासमा लागेको कांग्रेस र राजपाको निश्कर्ष

काठमाडौं, २२ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस र राजपाबीच सैद्धान्तिक रुपमा कुनै विवाद नभएकोले पार्टी एकतामा जाने कि भन्ने छलफल समेत सुरु भएको छ ।

यदि एकता तत्काल सम्भव नभए गठबन्धन गर्नुपर्नेमा यी दुई पार्टीका नेताहरुले जोड दिएका छन् । स्रोतका अनुसार दुवै पार्टीका नेताहरुबीच बसेको गोप्य बैठकमा वर्तमान सत्तारुढ दल नेकपा र संघीय समाजवादी फोरम नेपाल सत्ता कब्जा गर्न उद्धत रहेको निश्कर्ष निकालेको छ ।

त्यस्तै प्रतिनिधि सभा सञ्चालन नियामावली पनि सर्वसम्मतीबाटै पारित गराउनुपर्नेमा उनीहरुको जोड छ । उक्त नियामावली सर्वसम्मतीबाट पास नगरी बहुमतबाट अघि बढाईए संसदमा जस्तोसुकै मुठभेड गर्नपनि पछि नहट्ने कांग्रेस-राजपा नेपालका नेताहरुको निश्कर्ष छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने,‘सर्वसम्मतीबाट उक्त नियामाली पारित हुन सकेन भने हामी संसदमा मुठभेड गर्नपनि पछि हट्दैनौं।’

 

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्