Logo
१३ बैशाख २०८१, बिहीबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमा शिक्षा नीति सम्मेलन : ‘प्रारम्भिक बालविकास सरकारको उच्च प्राथमिकता’

काठमाडौँ, २२ जेठ : एसिया प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन र प्रारम्भिक बाल स्याहार तथा शिक्षा नीति सम्मेलनको बैठक मंगलबारबाट राजधानीमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले प्रारम्भिक बालविकास नेपाल सरकारको उच्च प्राथमिकताको क्षेत्रमा रहेको बताए ।

मुलुकले अब शिक्षाको विकासमा गति लिने भन्दै उनले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना गराईने प्रतिबद्धता दोहोर्‍याए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको सम्मलेन ३ दिन सम्म चल्नेछ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले सम्मेलनले विभिन्न देशको बालविकासको अनुभव आदानप्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रारम्भिक बालस्याहर तथा शिक्षा सम्बन्धी नीतिको विकास र कार्यान्वयनको अवस्था बारे अनुभव आदान प्रदान गर्ने र गुणस्तर सुधार सम्बन्धि विषयहरुमा छलफल गरिने मन्त्रालयका प्रवक्ता बैकुण्ठ आर्यालले जानकारी दिए । नेपालमा ३६ हजार भन्दा बढी बालविकास केन्द्रहरु संचालित छन् ।

८४ प्रतिशत भन्दा बढी बालबालिका बालविकास केन्द्रमा भर्ना हुने गरेको तथ्यांक छ । ४ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ८० प्रतिशत सामुदायिक विद्यालयमा बालविकास कक्षा संचालनमा छन् । करिब ५० प्रतिशत निजी विद्यालयहरुले पनि बालविकास कक्षा चलाएका छन् । निजी विद्यालयमा भने २ वर्ष देखिकै बालबालिकालाई बालविकास केन्द्रमा भर्ना लिने गरिन्छ ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्