Logo
३१ असार २०८१, आईतबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वतावरणीय प्रभावको मूल्यांकन विना गरिने विकास दिगो हुदैन : प्रधानमन्त्री

काठमाडौं, २२ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय प्रभाव मूल्यांंकन विना गरिने विकास प्रयास दिगो नहुने बताउनुभएको छ । विश्व वातावरण दिवशको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अव्यवस्थित विकासले रोगब्याधी मात्र निम्त्याउने नभइ बाढी, पैह्रो, सुख्खा लगायतका ठूलो धन जनको क्षति समेत बढाउने बताउनुभएको छ । “ विकास निर्माणको कार्य अघि बढाउँदै गर्दा वातावरण–मैत्री हुने गरी समयमा नै योजना तर्जुमा गर्नु पर्दछ ” प्रधानमन्त्री ओलीले “वातावरणको विनास नहुने गरी नाप नक्सा तयार गर्दै वातावरण मैत्री प्रविधिहरुको प्रयोग गर्नु पर्दछ । ”

सबै सरकारी र निजी क्षेत्रलाई यो विषयमा विशेष ध्यान पु¥याउन प्रधानमन्त्री ओलीले आह्वान गर्नुभएको छ । वातावरण संरक्षण दिगो आर्थिक विकासको पूर्व शर्त हो भन्ने कुरा प्रधानमन्त्रीले सबैलाई स्मरण गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूत गतिका साथ अग्रसर हुँदा वातावरण प्रदुषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने तर्फ सबैलाई सतर्तक गराउनुभएको छ । “त्यसैले वातावरणको संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तत्अनुकुलका काम गर्न जरुरी छ ” प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ ।

शुभकामनाको पूर्ण पाठ :

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्