Logo
२ श्रावण २०८१, बुधबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानीसंगै बिपि राजमार्गमा माथिबाट लेदो झर्दा चालकलाई सास्ती

काठमाडौँ : बिपि राजमार्गका विभिन्न ठाउँमा समस्या आउदा सवारी चालकहरुलाई समस्या परेको छ ।  काठमाडौँबाट पूर्व जाने र पूर्वबाट काठमाडौँ आउने गाडीलाई सास्ती भएको छ ।

राजमार्गका विभिन्न ठाउँमा पानी परेसँगै माथिबाट झरेको लेदोमाटोका कारण गाडी चलाउन समस्या भएको हो । राजमार्गका विभिन्न ठाउँमा लेदोमाटोले हिलाम्मे भएको छ ।

लेदो झरेको ठाउँबाट गाडी पास गराउन अप्ठ्यारो हुने र समय लाग्ने गरेकाले लामो जाम परेको छ । सोमबार राति तथा आइतबार बिहान परेको पानीका कारण बाटोमाथिबाट लेदो झरेको हो ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्