Logo
२ श्रावण २०८१, बुधबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिजुली मर्मत गरिरहेको बेला करेन्ट लागेर दाजुभाइ को मृत्यु

महेन्द्रनगर : धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

मृतकका शवलाई अहिले परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्