Logo
६ श्रावण २०८१, आईतबार
(June 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यात्रुको जिउबाट आइरहेको दुर्गन्धका कारण विमानको इमरजेन्सी ल्याण्डिङ

एजेन्सी : मौसमको खराबी, जहाजको प्राविधिक गडबडी वा दुर्घटनाको जोखिम आदिजस्ता कारणले उडिरहेको जहाजको आपतकालीन अवतरण भएको त समाचार सुनिएकै हो । तर नेदरल्याण्डस्को एक जहाज भने एक अनौठो कारणले गर्दा पोर्चुगलमा आपतकालीन अवतरण गर्नुपरेको छ ।

नेदरल्याण्डको ट्रान्सेभिया एयरलाइन्सको विमानमा एक यात्रुको जिउबाट आइरहेको दुर्गन्धका कारण विमानको इमरजेन्सी ल्याण्डिङ गराउनुपरेको हो । जहाजका स्टाफले जिउ गन्हाउने व्यक्तिलाई ट्वाइलेटमा थुन्ने कोसिस पनि गरे । तर दुर्गन्ध कम भएन । अन्ततः पोर्चुगलमा विमानको आकस्मिक अवतरण गरी ती व्यक्तिलाई उपचारका लागि पठाइयो ।

नेदरल्याण्डको स्किपल एयरपोर्टबाट उडान भरेको जहाजलाई पोर्चुगलमा आपतकालीन अवतरण गराइयो । जबकि उक्त जहाज स्पेनको ग्रेन टापुका लागि उडेको थियो । जहाजमा चढेका एकजना यात्रुको जिउ यतिधेरै गन्हाइरहेको थियो कि जहाजमा रहेका केही यात्रु त दुर्गन्ध सहन नसकेर बेहोस समेत भएका थिए । कतिपय यात्रुले वान्ता गरिरहेका थिए ।

आखिर ती व्यक्तिको जिउ त्यतिधेरै गन्हाउनुको कारण के हो ? भन्ने बारेमा चाहीँ खुलेको छैन । उनको नाम पनि गोप्य राखिएको छ ।

 

प्रकाशित मिति: Jun 4, 2018

प्रतिक्रिया दिनुहोस्