Logo
९ श्रावण २०८१, बुधबार
(June 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेइमार विश्वकपको तयारीमा, ब्राजिलले क्रोएसियालाई २–० को अन्तरले हरायो

 काठमाडौं : चोटमुक्त भएपछिको पहिलो खेलमा उत्कृष्ट गोल गर्दैै नेइमारले विश्वकपको तयारी थालेका छन् । आइतबार राति भएको खेलमा ब्राजिलले क्रोएसियालाई २–० को अन्तरले हराएको छ ।

चोटका कारण उनले पछिल्लो तीन महिला खेल्न पाएका थिएनन् । तर, मैदान फर्किए लगतै गोल गरेर आफू अझै लयमै रहेको सन्देश दिन सफल भएएका छन् ।

एन्फिल्डमा भएको खेलमा ब्राजिलले ६९ औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्त्यमा फेर्नान्डिन्होको स्थानमा मैदान प्रवेश गरेका नेइमारको क्रोएसियाका खेलाडीहरुको बीचबाट उत्कृष्ट गोल गरे ।

अतिरिक्त समयमा फर्मिनोले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाएका छन् ।

विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले आगामी आइतबार समूह ईमा रहेको स्वीट्जरल्याण्डको सामना गर्दै विश्वकप यात्रा प्रारम्भ गर्नेछ ।

प्रकाशित मिति: Jun 4, 2018

प्रतिक्रिया दिनुहोस्