Logo
८ बैशाख २०८१, शनिबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन, आजै अन्तिम दाहसंस्कार गरिने

काठमाडौं, २० जेठ : पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गाैला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए ।

शाहीको पारिवारिक स्रोतले आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको जनाएको छ । उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने उनका भतिजा नेत्रबहादुर शाहीले जानकारी दिए ।

लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । डोटीकाे मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए ।

 

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्