Logo
११ बैशाख २०८१, मंगलबार
(June 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब दुई उपप्रधानमन्त्री : यादव र राइनको सपथसंगै राज्यमन्त्री बास्कोटाको मन्त्रीमा बढुवा

काठमाडौं, १८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री थपिएका छन् । उपप्रधान एवं स्वास्थ्य मन्त्रीको रुपमा उपेन्द्र यादव र सहरी विकासमन्त्रीमा मोहम्मद इस्तियाक राइनले रास्ट्रपति विद्यादेवी भण्डारीद्धारा सपथ ग्रहण गरेका छन् ।

रक्षामन्त्री ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा बढुवा भएको छ ।  संघीय समाजवादी फोरमलाई समेटेर सरकार विस्तार गर्ने क्रममा प्रधानन्त्री ओलीले दुई उपप्रधानमन्त्री बनाएका हुन् ।

दुबैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका छन् । नयाँ मन्त्रीको रुपमा मो. इस्तियाक राईन र गोकुल बास्कोटाले मन्त्रीको सपथ लिएका छन् ।

राईन संघीय फोरमबाट शहरी विकासमन्त्री बनेका हुन् । बास्कोटा भने मन्त्रिपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री थिए । तर, फोरमबाट मन्त्री थप्दा उनको पनि बढुवा भएको छ ।

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्