Logo
३ श्रावण २०८१, बिहीबार
(June 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शोकमा तानसेन : पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, १० घाइते

पाल्पा,  १८ जेठ : शुक्रबार बिहान ९ बजे पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । लु २ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। जसमा १० जना घाइते भएका छन् ।

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनका शेयर सदस्य र कर्मचारी सवार भ्रमणको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा र लक्ष्मी बचतका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्य समेतको मृत्यु भएको छ । यस्तै मृत्यु हुनेहरुमा तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य छन् ।

तानसेन–६ का सचिन बज्रार्चाय, सुशिलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारु र गिता बुढाथोकी रहेका छन् । यसै गरि तानसेन– २ का लोकनाथ ढकाल, तानसेन ३ की बसन्ती खाँण र कमला कार्की रहेका छन । एक जना मृतक महिलाको नाम खुल्न सकेको छैन । मृतक कमला कार्कीको लुम्बिनी मेडिकल कलेजमा र सचिन बज्राचार्यको मिसन अस्पतालमा उपचारका लागि ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताए ।

भ्रमणमा रहेको बससडकको छेउ भासिएर दुर्घटनामा परेको हो । बस सडकबाट झण्डै तीन सय मीटर तल खसेको छ । बिहीबार रातीदेखी परेको पानीका कारण सडक गलेर भाषिएको अनुमान गरिएको छ। दुर्घटनामा घाइतेहुनेहरूमा प्रफुल्ल शर्मा, सवारी सहचालक विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, चालक अर्जुन थापा र प्रविण बज्राचार्य, सन्तम बज्राचार्य र पूर्णमाया बज्राचार्य रहेका छन् ।

घाइतेमध्ये प्रविण बज्रार्चाय, मुना सारु र ओम मलेगोको लुम्बिनी मेडिकल कलेज र अन्यको युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको छ । ४० वर्षीय बसका चालक अर्जुन थापाको दुवै खुट्टा भाँचिएको र रगत धेरै बगिरहेको छ। यस्तै सन्तम बज्रचार्यको पेल्भिस फेक्चर र फिमर भएका कारण दुवैजनालाई हेलिकप्टर मार्फत् काठमाडौं पठाउने तयारी गरिएको मिशन अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्