Logo
८ बैशाख २०८१, शनिबार
(June 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्दै आजै फोरमबाट दुई जना सपथ लिने

काठमाडौं, १८ जेठ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्ने मन्त्रिपरिषदमा अध्यक्ष यादव आँफै सहभागी हुने भएका हुन् ।

त्यस्तै फोरमबाट इस्तियाक राइन शहरी विकासमन्त्री बन्नेछन् । दुई मन्त्रालयसहित फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । नवनियुक्त मन्त्रीको शपथ शुक्रबार दिउँसो साढे ४ बजे शीतल निवासमा हुँदैछ ।

यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री भएका थिए भने राई श्रम मन्त्री भएका थिए । गएको चुनावमा यादव सप्तरी– २ र राई बाँके– २ बाट निर्वाचित भएका थिए । दुई बुँदे सहमतिसँगै फोरम सरकारमा सहभागी हुन तयार भएको हो ।

चौथो पटक विस्तार भएसँगै केपी ओली मन्त्रिपरिषद् २४ सदस्यीय भएको छ । फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिएका ओलीले फागुन १४ र चैत २ गते सरकार विस्तार गरेका थिए ।

फोरमका लागि सहरी विकास र स्वास्थ्य मन्त्रालय खाली छाडिएको थियो । फोरम सरकारमा आएसँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई नयाँ जिम्मेवारी दिने तयारी भएको छ ।

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्