Logo
१३ बैशाख २०८१, बिहीबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेखा थापा फेरी प्रचण्ड ‘क्याम्प’मा, पशुपति नेतृत्वको राप्रापाबाट बाहिरिँदै

काठमाडौं, १७ जेठ : फिल्मी क्षेत्रमा पछिल्लो समय खासै चर्चामा न रहेकी तर कुनैबेला की चर्चित नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने अन्तिम तयारीमा जुटेकी छिन् । स्रोतले दिएको जानकारी अनुसार थापा अब पूनः कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएकी हुन् ।

उनको राजनीतिक यात्रा पनि माओवादी पार्टीबाटै सुरु भएको थियो । सुरुमा उनी तत्कालिन एकीकृत माओवादी पार्टीमा प्रवेश गरेकी थिईन् । पुष्पकमल दाहाल प्रचण्डले उनलाई माओवादीमा प्रवेश गराएकी थिए ।

त्यसपछि उनी माओवादी परित्याग गरि कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी थिईन् । तर लगत्तै उनले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी थिईन् ।

हालै थापाले नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेकी थिईन् । प्रचण्डसँगको भेटमा उनले पूनः आफू नेकपामा आउन चाहेको बताउँदै यसको लागि आग्रह गरेकी थिईन् । तर जवाफमा प्रचण्डले राजनीतिमा स्थिर भएर बस्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्