Logo
४ बैशाख २०८१, मंगलबार
(May 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिलाई कांग्रेसको प्रश्न : मदन भण्डारीको ‘हत्यारा’ भएको भए आममाफी दिइन्थ्यो ?

काठमाडौं, जेठ १६ : बालकृष्ण ढुङ्गेलको आममाफी प्रकरणमा कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भिर नैतिक प्रश्न उठाएको छ ।

आज कांग्रेस मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने–‘मदन भण्डारीको हत्यारा छुटाउन राष्ट्रपतिको टेबुलमा पत्र थियो भने उहाँले त्यसलाई स्वीकृत गर्नुहुन्थ्यो ?’

कांग्रेसले मदन भण्डारीको हत्यारा भएको व्यक्ति भए उसले आममाफी पाउँथ्यो वा पाँउदैनथ्यो भनेर राष्ट्रपतिको भण्डारीको कदममाथि प्रश्न उठाएको हो ।

प्रवक्ता शर्माले बालकृष्ण ढुङ्गेलको नाम नलिई भने– ‘अमुक व्यक्तिलाई गणतन्त्र दिवसको दिन आममाफी दिइएको छ, उनको नाम लिन चाहन्नँ ।

जेलबाट छुटाउन असल चालचलन भनेको के हो ? यो न्यायको दृष्टि, कानुन, संविधान र विधिको शासनको दृष्टिले गलत छ । गणतन्त्र दिवसको दिन उनीहरुको यो कस्तो उपहार हो ?’

प्रकाशित मिति: May 30, 2018

प्रतिक्रिया दिनुहोस्