Logo
८ बैशाख २०८१, शनिबार
(May 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा उपनेतामा नेम्वाङ, प्रमुख सचेतकमा गुरुङ, राष्ट्रिय सभामा शर्मा

काठमाडौँ : नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन् ।

पार्टी एकताअघि नेम्वाङ तत्कालीन एमाले संसदीय दलको उपनेताको जिम्मेवारीमा थिए भने गुरुङ पनि प्रमुख सचेतककै भूमिकामा थिए। पार्टी एकीकरणपछि उनीहरुलाई नयाँ जिम्मेवारी दिइएको हो ।

बुधबार बसेको नेकपा संसदीय दलको बैठकले नेम्वाङलाईप्रतिनिधिसभातर्फउपनेता र गुरुङलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले सचेतकमा शान्ता चौधरीलाई चयन गरेको नेकपाले जनाएको छ ।

यसैगरी, राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन् ।

प्रकाशित मिति: May 30, 2018

प्रतिक्रिया दिनुहोस्