Logo
८ बैशाख २०८१, शनिबार
(May 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटबारे आधिकारिक दलिय धारणा तय गर्न कांग्रेस संसदीय दलको बैठक

काठमाडौं १६ जेठ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे धारणा तय गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेक बालकृष्ण खाँणले बजेटलगायत विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक आज बस्न लागेको जानकारी दिए ।

सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत भएको थियो । बजेटबारे अनेकखाले टिप्पणी आइरहेका बेला प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले यसबारे साझा धारणा बनाउन बुधबारका लागि बैठक बोलाएको हो बैठक नेपाली कांग्रेस, संसदीय दलको कार्यालय, सिंहदरबारमा अहिले बिहान ११ बजे बस्दैछ ।

यसअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने कांग्रेसले मौन समर्थन जनाएको थियो । पार्टीभित्रैका कतिपय नेताले यसप्रति असन्तुष्टि जनाउँदै काग्रेस सांसद्हरूले संसदमा खेलेको भूमिकाप्रति प्रश्न उठाएका थिए । बजेटबारे भने कांग्रेसले शुरूमै असन्तुष्टि जनाइसकेकाे छ ।

कांग्रेस सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाले यसबारे प्रारम्भिक प्रतिक्रिया दिँदै बोझ बोकाउने हावादारी कार्यक्रमको पुलिन्दा भनेका छन् ।

प्रकाशित मिति: May 30, 2018

प्रतिक्रिया दिनुहोस्