Logo
१२ बैशाख २०८१, बुधबार
(May 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई साँक्षी राखेर प्रधानमन्त्री ओलीलाई देउवाको दनक

काठमाडौं, १५ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको पक्षमा काम गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । गणतन्त्र दिवसका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा सभापति देउवाले जनतालाई भ्रममा मात्र नपारी काम गरेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।

सभापति देउवाले आफैं सर्वेसर्वा हो भन्ने आचरणलाई त्यागी विकासको मूल धारमा उभिन सरकारलाई चेतावनी दिएका छन् । त्यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति र लोकतन्त्रको विपक्षमा उभिने शाहस अब कसैको नभएको बताएका छन् । उनले सबै दललाई इमान्दारिताका साथ राष्ट्रिय लक्ष्यमा केन्द्रित हुन आह्वान समेत गरे ।

प्रकाशित मिति: May 29, 2018

प्रतिक्रिया दिनुहोस्