Logo
३ श्रावण २०८१, बिहीबार
(May 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

डडेल्धुरा : जिल्लाको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

डडेल्धुरा प्रहरीले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको जनाएको छ । दुर्घटनाका घाइतेलाई प्रहरीले उद्धार गरेर अस्पताल पठाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: May 29, 2018

प्रतिक्रिया दिनुहोस्