Logo
१ श्रावण २०८१, मंगलबार
(May 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीराङ्गनाको पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस’ सार्वजनिक

काठमाण्डौँ  : चलचित्र वीराङ्गनाको पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस’ सार्वजनिक भएको छ । यही असार २९ मा देशभर रिलिज हुने चलचित्रको गितलाई काठमाडौंमा सम्पन्न डि सिने अवार्ड समारोहको बिचमा फिल्म विराङ्गाना टिमले ‘तिमी पुलिस म नि पुलिस’ सार्कजनिक गरिएको हो ।

गीतमा दिपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।

बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रकाशित मिति: May 25, 2018

प्रतिक्रिया दिनुहोस्