Logo
१ श्रावण २०८१, मंगलबार
(May 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलोन र करिश्माको ‘बाबु कान्छा’ असार २९ गतेबाट रिलिज हुने

यसअगाडि गतबर्षको मंसिरलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘बाबु कान्छा’ सो मितिमा रिलिज हुन सकेन । रिलिज नभएपछि यो चलचित्र कहिले चल्छ भन्ने अन्यौलता थियो । अब, भने चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्दै फस्टलुक रिलिज गरिएको छ ।

चलचित्रमा सलोनको साथमा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, करिश्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र अब असार २९ गतेबाट रिलिज हुनेछ । नायक सलोन बस्नेतको क्रेज बढ्दै जाँदा बाबु शोभित बस्नेतले निर्देशन गरेको यो चलचित्रलाई असारमा रिलिज गर्न लागिएको हो ।

चलचित्रमा नव-कलाकार अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनको पनि मुख्य भूमिका छ ।संचारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सन्तोषराज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा छन् ।

चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, राज खड्काको सम्पादन, टंक वुढाथोकीको सम्पादन छ ।

प्रकाशित मिति: May 24, 2018

प्रतिक्रिया दिनुहोस्