Logo
५ श्रावण २०८१, शनिबार
(May 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोलकाता नाइट राइडर्ससँग २५ रनले पराजित हुँदै राजस्थान बाहिरियो

इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटको फाइनलमा स्थान बनाउने खुड्किलोको रुपमा रहेको एमिनेटरमा राजस्थान रोयल्स चुकेको छ ।

कोलकातामा बुधबार बेलुका भएको खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्ससँग २५ रनले पराजित हुँदै राजस्थान बाहिरिएको छ । यसको अर्थ कोलकाताले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

कोलकाताले प्रस्तुत गरेको १७० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १४४ रन मात्रै बनायो । उसका लागि अजिन्क्या राहाणेले ४६, सञ्जु सामसोनले ५० तथा राहुल त्रिपाठीले २० रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन ।

त्यसअघि ब्याटिङ्ग गरेको कोलकाताले सात विकेटको क्षतिमा १६९ रन बनाएको थियो । उसका लागि कप्तान दिनेश कार्तिकले ५२, आन्द्रे रुसेलले नटआउट ४९ तथा शुबमन गिलले २८ रनको योगदान दिए ।

प्रकाशित मिति: May 24, 2018

प्रतिक्रिया दिनुहोस्