Logo
१ श्रावण २०८१, मंगलबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालबालिकाको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राउत

महेन्द्रनगर : प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले बालबालिकाको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए  । सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको बालबालिकाको अधिकारसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री राउतले आगामी दिनमा ऐनकानूनको प्रभावकारी कार्यान्वयन प्रदेश सरकारका तर्फबाट गराइने बताए ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि प्रदेश सरकार विषयमा तथा मन्त्रालयका सचिव डा किरण रुपाखेतीले बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि भविष्यको कार्यदिशा विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्