Logo
२ श्रावण २०८१, बुधबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मजदुर नभएको मौकामा इँट्टा उद्योगमा विस्फोट

धादिङ : दक्षिणी धादिङको धुनीबेसी नगरपालिका-३ को जीवनपुर इँट्टा उद्योगमा आज अज्ञात समूहले विस्फोट गराएको छ । ६०० मजदुरले काम गर्ने उद्योगमा मजदुर नभएको मौकामा विस्फोट गराइएको थियो ।

बम विस्फोटका कारण इँट्टा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टरलगायतको सामग्रीमा क्षति पुग्दा रु छ लाख बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताउनुभयो ।

घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । ६ महिनाअघि बिप्लव नेतृत्वको नेकपाले चन्दा मागेको र चन्दा नदिएकाले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्