Logo
३१ असार २०८१, आईतबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी काँग्रेसद्धारा व्यापक भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

काठमाडौँ : नेपाल समाजवादी काँग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ ।समाजवादी काँग्रेसले सोमबार काठमाण्डौँमा गरेको पत्रकार सम्मेलनमा देशमा व्यापक भ्रष्टाचार बढेकाले आन्दोलन जरुरी भएको घोषणा ग¥यो ।

पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दू राज्य स्थापना गर्न आन्दोलनको घोषणा गरिएको बताए ।सरकार पछिल्लो समय दमनकारी बाटोमा लागेकाले जनताले अधिकार पाउन नसक्ने उनले दाबी गरे ।

पार्टीका महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नसमेत रोकेको आरोप लगाए । शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा पार्टी कार्यालयमा सरकारले धरपकड गरेकामा उनको आपत्ति थियो ।महासचिव निरौलाले भने “सरकारले जनताका आधारभूत अधिकारको समेत ख्याल गरेन, अब हामी सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं”, ।

पार्टीले वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो । त्यसलगत्तै प्रहरीले पार्टी कार्यालयबाट केन्द्रीय सदस्य पार्वती थापासहित कार्यकर्तालाई गिरफ्तार गरी छ दिनपछि रिहा गरेको थियो ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्